डेढ सय किलो बढी गाँजा बरामद

पालिका डायरी
२६ मंसिर २०७८, १४:४४
डेढ सय किलो बढी गाँजा बरामद

सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ८ बाट सशस्त्र प्रहरीले एक सय ६८ किलो लागुऔषध गाँजा बरामद गरेको छ । नेपालबाट भारततर्फ निर्यात गर्नका लागि लुकाइ राखेको अवस्थामा एक सय ६८ किलो लागुऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १० गणले जानकारी दिएका छन् । प्लाष्टिकको ६ ओटा बोरामा लुकाई राखेको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीले गाँजा बरामद गरेपनि ल्याउने व्यक्ति फेला नपरेको जनाएको छ। लागुऔषध गाँजा कसले र कहाँबाट ल्याएको हो त्यो अहिले खुल्न सकेको छैन् । तयारी अवस्थामा राखिएको गाँजा प्रहरीको आँखा छलेर भारत तर्फ निर्यात गर्न सीमा नजिकैको टोलमा राखेको अवस्थामा फेला परेको हो । तस्करको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । विगत केही दिन पहिले पनि सशस्त्र प्रहरीले सर्लाहीको उत्तरी भेगमा गाँजा खेति नष्ट गरेको थियो ।

सर्लाहीसंगै टाँसिएका मकवानपुर र सिन्धुली जिल्लाबाट समय समयमा गाँजा तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा सर्लाहीमा पक्राउ पर्दै आएको छ ।

प्रतिक्रिया