गठ्ठाघरबाट बालकोट जाँदै गर्दा हनुमन्ते खोलामा कुटिएका युवा संघ नेताको मृत्यु

पालिका डायरी
२२ मंसिर २०७८, १५:२४
गठ्ठाघरबाट बालकोट जाँदै गर्दा हनुमन्ते खोलामा कुटिएका युवा संघ नेताको मृत्यु

 

काठमाडौं /  युवा संघ भक्तपुर जिल्ला कमिटी सदस्य राजन श्रेष्ठको हत्या भएको छ । उनको मंगलबार साँझ गठ्ठाघरबाट बालकोट जानेक्रममा उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार उनको गठ्ठाघरबाट बालकोट जानेक्रममा हनुमन्ते खोलामा कुटपिटपछि हत्या भएको हो । हेमन्त श्रेष्ठ र प्रेम विक मिलेर उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मृतक राजन हेमन्त र प्रमेबीच आर्थिक लेनदेनको बिषयमा कुटाकुट हुँदा राजनको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ । उनको घटनास्थलमै भने मृत्यु भएको होइन ।

निर्धात कुटपिट भएको अवस्थामा फेला परेका उनको उपचारको क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने दुवै युवकलाई प्रक्राउ गरि अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया