एमाले महाधिवेशन : बिहानसम्म ११०० मत खस्यो, दिउँसोसम्म परिणाम आउने

पालिका डायरी
१४ मंसिर २०७८, ०८:४२

 

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका अहिले मतदान जारी छ । बिहान ४ बजेबाट मतदान सुरु भएको हो । बिहान ६ बजेसम्मा करिब ११०० भन्दा बढी मत खसेको बताइएको छ ।

राति २ बजेबाट मतदानको कार्यतालिका तय भएको भए पनि ढिलो गरेर बिहान ४ बजे मात्र सुरु भएको थियो । मतदानपश्चात आजै दिउँसोसम्म नतिजा आइसक्ने जनाइएको छ ।

अघिल्लो दिनदेखि गएरातिसम्मै पनि निवर्तमान अध्यक्ष केपी शर्मा ओलीलेसहमतिका लागि प्रयास जारी राखेका थिए । तर भीम रावल लगायतका उम्मेदवार पछि नहटेपछि भने मतदान सुरु भएको हो । पहिलो मत ओलीले नै हालेको बताइएको छ ।

एमाले पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि मतदान भइरहेकाे हाे । अन्य पदमा भने सहमतिमै भागबण्डा मिलाइएकाे थियाे ।

प्रतिक्रिया