प्रधानमन्त्री देउवाले भने, ‘पतञ्जली जस्तो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउछ’
काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जली जस्तो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउने बताएका छन् ।
शुक्रबार काठमाडौंस्थित पतञ्जली योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जली नेपाल टीभी, आस्था नेपाल टीभी र पतञ्जली सेवा सदनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आयुर्वेद औषधिका उत्पादनका लागि पतञ्जलीलाई जग्गा उपलव्ध गराउने बताएका हुन् ।
त्यस्तै उनले विश्वभरि नै स्वास्थ्यका लागि सबैभन्दा उत्तम योग नै रहेको जिकिर गर्दै बारम्बार नेपाल आउनका लागि पनि रामदेवलाई आग्रह गरे ।
त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले समाजलाई निरोगितातर्फ लैजाने अभियानको सुरुवात रामदेवले गरेको बताए । नेपालको विकासमा पतञ्जलीको योगदान महत्वपूर्ण रहेको उनले बताए ।
नेपालमा रहेका अमूल्य जटीबुटीको प्रशोधन गर्दै उपयुक्त रुपमा प्रयोग गर्नुपर्ने उनले भने । त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले योग साधनाको बेग्लै महत्व रहेको धारणा राखे ।
कार्यक्रममा भारतीय योगगुरु रामदेवले नेपाललाई अर्गानिक सामाजनिक सांस्कृतिक रूपमा विकास हेर्न चाहेको धारणा राखे । नेपालको आर्थिक र सामाजिक बिषयमा पूर्ण सहयोग रहने उनले बताए । उनले भौगोलिक रूपमा फरक स्थानको भए पनि संस्कृति र धर्मको पूर्वज एउटै रहेको उल्लेख गरे ।