गल्छी गाउँपालिकाद्वारा विद्यार्थीलाई पोसाक वितरण

पालिका डायरी
३ मंसिर २०७८, १०:०३
गल्छी गाउँपालिकाद्वारा विद्यार्थीलाई पोसाक वितरण

 

धादिङ / धादिङ जिल्लाको गल्छी गाउँपालिकाद्वारा सामुदायिक विद्यालयमा अध्यायनरत विद्यार्थीहरूलाई विद्यालय पोसाक ट्रयाक सुट वितरण सुरु गरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीहरूलाई आकर्षित गर्न र अभिभावकहरूलाई आर्थिक भार केही हदसम्म कम गर्ने उद्देश्यले विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गर्ने कार्यक्रमअनुसार पोसाक वितरण गरिएको गल्छी गाउँपालिका शिक्षा अधिकृत एवं सूचना अधिकृत बुद्धिप्रसाद भट्टले बताए ।

गत साता एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले विद्यालय पोशाक वितरण कार्यक्रम सुरु गरेको छ । आगामी दुई साताभित्र कक्षा आधारभूत तह कक्षा एकदेखि कक्षा आठसम्मका ३५ वटा विद्यालयका ३ हजार १ सय ८३ जनालाई यो वर्ष विद्यालय पोशक वितरण गर्ने कार्यक्रम रहेको शिक्षा अधिकृत भट्टले बताए ।

नयाँ शैक्षिक सत्रबाट सुरु गर्ने कार्यक्रम भए पनि कोभिड १९ काम कारण तत्काल गर्न नसकिएकाले वितरणमा ढिलो भएको छ । गत वर्षको कार्यक्रममा कक्षा १–४ का विद्यार्थीलाई वितरण गर्न १० लाख विनियोजन गरिएको थियो । यस वर्ष कक्षा ५–८ का विद्यार्थीलाई वितरण गर्न १५ लाख बजेट विनियोजन भएको छ ।

कक्षा १–४ मा छात्रा ८ सय २ र छात्र ८ सय ७० गरी १ हजार ६ सय ७२ जना अध्ययनरत छन् । कक्षा ५–८ मा छात्रा छ सय ७२ र छात्र ७ सय ४९ गरी १ हजार ५ सय ११ जना अध्ययनरत छन् । विद्यालय पोसाक सुटमा अगाडि दब्रे भागमा गाउँपालिकाको लोगो र पछिल्लो भागमा गल्छी गाउँपालिका सेतो मसिले लेएिको छ । विद्यार्थी तथा अभिावकहरूको प्रतिक्रिया र शिक्षकहरूको राय सुझावका आधारमा आगामी वर्ष कसरी गर्ने भन्ने कार्यक्रम तय हुने शिक्षा अधिकृत भट्टले बताए ।

प्रतिक्रिया