प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

पालिका डायरी
३० कार्तिक २०७८, १०:४३

 

काठमाडौं/ प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री राईलाई विश्वासको मत दिन प्रदेश सांसदहरूलाई विराटनगरस्थित बिग होटलमा राखेर पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले निर्देशन दिएका छन् ।

कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराउनुभएको थियो । प्रमुख प्रतिपक्षी एमालेले गठबन्धनका प्रदेश सांसदहरूलाई फकाएर राईको प्रस्ताव विफल गराउन सक्ने भन्दै गठबन्धन दलका सबै सांसदहरूलाई एकै ठाउँ भेला गरेर राखिएको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले आज दिउसो साँढे १२ बजे प्रदेशसभा बैठक बोलाउनुभएको छ । पाँच दलीय गठबन्धनमा ५० सांसद रहेकोले मुख्यमन्त्री राईले विश्वासको मत पाउनुहुने देखिन्छ । ९२ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक पर्छ

प्रतिक्रिया