अवैध हतियारसहित बाराबाट एक जना पक्राउ

पालिका डायरी
२७ कार्तिक २०७८, २०:१०
अवैध हतियारसहित बाराबाट एक जना पक्राउ

 

वीरगंज / बारा प्रहरीले बाराबाट एक जना युवकलाई अवैध हतियारसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको महागढी नगरपालिका वडा नम्बर ५ बस्ने ३५ वर्षीय मनोज प्रसाद जयसवाल रहेका छन्।

इलाका प्रहरी कार्यालय बारागढीको टोलीले शुक्रवार राति साढे ८ बजे उनलाई हिरासतमा लिएको हो। बारागढी गाउँपालिका-३ बगदमपुरमा झगडा भइरहेको सूचना बमोजिम प्रहरी टोली गस्ती गर्न जाँदा जयसवाललाई हतियारसहित हिरासतमा लिइएको हो।

उनको साथबाट एक थान गोली लोड भएको एक थान नलकटुवा पेस्तोल हिरासतमा लिइएको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी गराए। झगडाको समयमा कम्मरमा बन्दुक लुकाएर बाँधेको अवस्थामा प्रदेश ३-०२-०१०५-प १२३ नम्बरको मोटरसाइकलसहित उनलाई हिरासतमा लिइएको हो।

उनीमाथि हतियार तथा खरखाजाना मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको बारा प्रहरीले जनाएको छ।

प्रतिक्रिया