आज संसद् बैठक बस्दै, एमाले नाराबाजीबाट पछि हट्ला ?

पालिका डायरी
११ कार्तिक २०७८, ०७:००
file photo

 

हेटौंडा/  प्रतिपक्ष दल नेकपा एमालेका कारण स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठक बिहीबार दिउँसो २ बजे बस्ने कार्यतालिका छ ।

यसअघि एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पार्टीले कारवाहीको पत्र सभामुख अग्नि सापकोटालाई दिए पनि सभामुखले कारवाहीको प्रक्रिया अघि नढाएपछि एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएको थियो ।

पटक पटक संसद् अवरुद्ध हुँदै आएको बैठक कात्तिक ९ गते मंगलबार दिनको १ः०० बजे बस्ने गरी राखिएको बैठक विशेष कारणवश आज लागि सारिएको थियो ।

आज बस्ने संसद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७ ७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

एमालेले भने १४ सांसदलाई पार्टीले गरेको कारवाही सभामुखले अघि नबढाएसम्म संसद्मा नाराबाजी निरन्तर गर्ने अडान लिएको छ ।

प्रतिक्रिया