मकवानपुरमा समाजवादीमा सनाखत गरेका जनप्रतिनिधि एमालेमा फर्कनेको लहर

पालिका डायरी
१४ आश्विन २०७८, १२:१२
मकवानपुरमा समाजवादीमा सनाखत गरेका जनप्रतिनिधि एमालेमा फर्कनेको लहर

हेटौंडा । दल फुटाउने अध्यादेशले नेकपा एमाले आधिकारिक रूपमा विभाजन भएपछि एमालेबाट विजयी भएका स्थानीय जनप्रतिनिधिलाई दल रोज्न दिएपछि मकवानपुरको १० स्थानीय तहका ३९ जना जनप्रतिनिधिले माधव नेपालको नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

तर पछिल्लो दिनहरुमा मकवानपुरमा समाजवादीमा गएका जनप्रतिनिधिहरु पुनः मूलधार एमालेमै बस्ने निचोड निकाल्दै एमालेमा फर्कने क्रम सुरु भएको छ ।पछिल्लो एक सातामा जिल्लामा एक वडा अध्यक्ष र ४ जना वडा सदस्यहरु एमालेमा फर्किएका छन् ।

एमालेमा फर्कने जनप्रतिनिधिहरुमा थाहा नगरपालिका वडा नंबर ५ का वडाध्यक्ष बिष्णुबहादुर गुरुङ,वडा सदस्य उर्मिला विक,बकैया-२ का वडा सदस्यहरु विष्णु भुजेल र जितबहादुर जिम्बा र हेटौंडा-१३ का वडा सदस्य सन्तबहादुर तितुङ रहेका छन् ।

उनिहरुले पुनः एमालेमै फर्किनुको विकल्प नरहेको बताएका छन् । उनिहरुले आफूहरुलाई केहि नेताले भ्रम छरेर सनाखत गर्न लगाएको दाबी गरेका छन् । उनिहरुले आफुहरु जीवनभर एमाले रहेको र अब पनि एमालेमै रहेर जनताको सेवा गर्ने बताएका छन् ।

प्रतिक्रिया