सांसद विरोध खतिवडा मन्त्री बन्दै

पालिका डायरी
१२ आश्विन २०७८, १०:४८
सांसद विरोध खतिवडा मन्त्री बन्दै file photo

हेटौंडा । मकवानपुर क्षेत्र नंबर २ का प्रतिनिधिसभा सांसद विरोध खतिवडा मन्त्री बन्ने भएका छन् । एमालेबाट विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभाका सांसद विरोध खतिवडाको नेतृत्वमा मन्त्रीहरू पठाउने निर्णय भए संगै खतिवडा मन्त्री बन्ने भएका हुुन् ।

नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले सांसदहरूको नाम मन्त्रीका लागि सिफारिस गरेका छन् । अध्यक्ष नेपालले मन्त्रीहरूको नामको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।

मन्त्रीका लागि खतिवडा सहित मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम प्रधानमन्त्री देउवालाई अध्यक्ष नेपालले बुझाएका छन् । मन्त्रीमा सिफारिस भएका सांसदले कुन मन्त्रालय पाउने हुन् खुलेको छैन ।

प्रतिक्रिया