अत्यावश्यक बाहेक राहदानी नबनाउन मकवानपुर प्रशासनको आग्रह

पालिका डायरी
६ आश्विन २०७८, २०:५९
मकवानपुरमा दशैं लक्षित सुरक्षा योजना, भीडभाड नगरी चाडपर्व मनाउन आग्रह

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक बाहेक राजदानी नबनाउन जिल्लावासीलाई सूचित गरेको छ । राहदानी विभागले ३ महिनाभित्र विद्युतीय राहदानी जारी गर्न लागेको भन्दै हाललाई अत्यावश्यकबाहेक राहदानी नबनाउन आग्रह गरेको हो ।

बुधबार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी अधिकारी बाबुराम अर्यालले सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले विद्युतीय राहदानी जारी गर्न सुरु गरेपछि विद्युतीय चिप्ससहितको राहदानी अहिलेको भन्दा गुणस्तरीय हुनुका साथै आवेदन दिएको एक सातामै प्राप्त हुने व्यवस्था मिलाइएको उल्लेख गरेका छन् । हालको भन्दा गुणस्तरीय र छिटो राहदानी प्राप्त गर्न सकिने भएकोले हतार गरेर नबनाउन प्रशासन कार्यालयको आग्रह छ ।

प्रतिक्रिया