भन्सार छली गरी ल्याइएका ५ थान आईफोनसहित एक जना पक्राउ

पालिका डायरी
१९ कार्तिक २०८३, १८:११

हेटौँडा /  मकवानपुर प्रहरीले भन्सार छली गरी अवैध रूपमा ल्याइएका पाँच थान आईफोनसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

बिहीबार बिहान करिब ११ः३० बजे हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्टमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिलबिजक नभएका पाँच थान आईफोन बरामद गरेको हो।

प्रहरीका अनुसार सुमो चालक पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१ निवासी अन्दाजी २७ वर्षीय विक्की कुमार साहको साथबाट आईफोन–१३ पाँच थान फेला परेको थियो।

बरामद गरिएका मोबाइल आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया