सिस्नेरीमा इभी गाडी खाजा घरमा पस्दा एकजना गम्भीर घाइते
हेटौँडा / मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरी ओरालोमा ब्रेक फेल भएको ईभी गाडी सडक छेउको खाजा घरमा पस्दा पसल सञ्चालक गम्भीर घाइते भएका छन्।
बा.३ ख. ९५२६ नम्बरको उक्त गाडीको ब्रेक फेल पछि अनियन्त्रित भई खाजा घरमा पसेको हो। दुर्घटनामा खाजा घरका सञ्चालक स्थानीय मनिष ठकुरी गम्भीर घाइते भएका छन्। घाइते ठकुरीलाई उपचारका लागि काठमाडौँ पठाइएको छ।
काठमाडौँबाट छैमले–सिस्नेरी- हेटौंडाहुँदै बुटवलतर्फ जाँदै गरेको उक्त ईभी गाडीमा सवार यात्रुहरू भने सामान्य रहेको जानकारी प्राप्त भएको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

