बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा हेलिकोप्टर परिचालन
ढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणको लागि सरकारले हेलिकोप्टर परिचालन गरेको छ।
बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिएको र पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
काठमाडौँमा रहेको संयुक्त द्रुत प्रतिकार्य टोलीसमेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको छ।

प्रतिक्रिया

