सुनको भाउ आज थप बढ्यो, चाँदी पनि महँगियो

पालिका डायरी
२५ आश्विन २०८३, ११:२९
सुनको भाउ वृद्धि,

शुक्रबार तोलामा ३ हजार २ सय रुपैयाँ बढेको सुनको भाउ आज पनि बढेको छ।

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ९६ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको बिहीबार तोलामा ५ सय रुपैयाँ बढेको सुनको भाउ शुक्रबार ३ हजार २ सय रुपैयाँ बढेर २ लाख ९५ हजार ७ सय रुपैयाँ कायम भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँ बढेर ४ हजार ४ सय ४० रुपैयाँ पुगेको छ।  गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

प्रतिक्रिया