अविरल वर्षापछि मकवानपुरगढीमा पहिरो, दुई घरमा पूर्ण क्षति

पालिका डायरी
११ आश्विन २०८३, १२:२९
अविरल वर्षापछि मकवानपुरगढीमा पहिरो, दुई घरमा पूर्ण क्षति

अविरल वर्षाका कारण मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५, स्कुलडाँडामा पहिरो जाँदा दुईवटा घर पूर्ण रूपमा क्षति भएका छन्।

आज आइतबार बिहान करिब ४ बजे निरन्तर परिरहेको वर्षाका कारण स्थानीय राममाया थिङ र मानबहादुर घ्यावाको घर पूर्ण रूपमा क्षति भएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार राममाया थिङको ढुङ्गा र माटोले बनेको जस्तापाताले छाएको दुईतले कच्ची घर तथा मानबहादुर घ्यावाको सिमेन्टको ब्लकले बनेको जस्ताले छाएको भुइँतले घर पहिरोका कारण पूर्ण रूपमा क्षति भएका हुन्।

पहिरोका कारण दुवै घर जोखिममा रहेकाले हाल त्यहाँ मानिस बसोबास नगरेको प्रहरीले जानकारी दिएको छ। घरमा मानिस नबसेका कारण मानवीय तथा चौपाया क्षति नभएको र अन्य घरायसी सामानसमेत सुरक्षित रहेको जनाइएको छ।

प्रतिक्रिया