कृष्णभिरमा ट्रयाक खोल्ने काम सकियो, भोलिबाट गाडी चल्ने
दुई सातादेखि अवरुद्ध पृथ्वी राजमार्गमा भोलि (असोज १ गते) देखि सवारी साधन पूर्णरुपमा सञ्चालन हुने भएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पृथ्वी राजमार्गको कृष्णभिरमा ट्र्याक खोल्ने काम सकिएपछि गाडी सञ्चालनको तयारी भएको जानकारी दिएको हो ।
‘बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा ट्रयाक खोल्ने काम सरकारबाट सम्पन्न भएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘यो सडक खण्डमा भोलिबाट पूर्णरूपमा सवारी साधन आउजाउ गर्नेछन् ।’
प्रतिक्रिया


