पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना
पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। नेवाः कला, संस्कृति, परम्परा तथा सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी असोज ९ र १० गते इन्द्रजात्रा आयोजना गर्न लागिएको हो।
इन्द्रजात्राको अवसरमा नेवा फुड फेस्टिवल, विभिन्न सांस्कृतिक कार्यक्रम तथा प्रस्तुतिहरू आयोजना गरिने आयोजकले जनाएको छ। त्यस्तै, परम्परागत बाजागाजा तथा सांस्कृतिक झाँकीसहित नेवाः मौलिक कला, संस्कृति र परम्पराको प्रदर्शनसमेत गरिने भएको छ।
पालुङ क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै नयाँ पुस्तामाझ मौलिक नेवाः संस्कृति र परम्पराको महत्व स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको गुठीले जनाएको छ।
इन्द्रजात्राका अवसरमा स्थानीय मौलिक संस्कृति, परम्परागत बाजागाजा, सांस्कृतिक प्रस्तुति तथा नेवाः परिकारको समेत प्रवर्द्धन हुने अपेक्षा गरिएको छ। फुड फेस्टिवलमार्फत विभिन्न मौलिक नेवाः परिकारको स्वाद लिन सकिने आयोजकले जनाएको छ।
ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको इन्द्रजात्रामा सम्पूर्ण महानुभावहरूलाई उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन आयोजक पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीले हार्दिक आमन्त्रण गरेको छ।



