निर्माण व्यवसायी संघ मकवानपुरको निर्वाचनमा रबिन लामाको उम्मेदवारी रहने
हेटौंडा / निर्माण व्यवसायी संघ मकवानपुरको आगामी भदौ २८ गते हुने निर्वाचनमा भीमफेदी गाउँपालिका–४, निवाटारका निर्माण व्यवसायी रबिन लामाले आफ्नो सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
भीमफेदी–४ निवाटारमा रहेको याड चेन कन्स्ट्रक्सनका प्रोप्राइटरसमेत रहेका लामाले निर्माण व्यवसायीहरूको हकहित संरक्षणसँगै संघलाई थप व्यवस्थित, पारदर्शी र व्यवसायीमैत्री बनाउने उद्देश्यसहित उम्मेदवारी घँषणा गरेकोबताएका छन्। लामाको उम्मेदवारीसँगै निर्माण व्यवसायी संघ मकवानपुरको निर्वाचनमा युवा पुस्ताको प्रतिनिधित्व र व्यवसायीका व्यावहारिक समस्यालाई संस्थागत रूपमा उठाउने विषयले पनि चर्चा पाएको छ।
लामाले आफ्नो उम्मेदवारीमार्फत व्यावसायिक हकहितको संरक्षण, पारदर्शी तथा मर्यादित नेतृत्व, व्यवसायीबीच एकता र सहकार्य तथा दक्षता एवं क्षमता अभिवृद्धिलाई मुख्य प्राथमिकताका रूपमा अघि सारेको बताका छन निर्माण व्यवसाय क्षेत्रमा लामो समयदेखि संलग्न व्यवसायीका रूपमा उनले संघलाई केवल निर्वाचनका समयमा सक्रिय हुने संस्थाभन्दा पनि व्यवसायीका समस्या, सरकारी निकायसँगको समन्वय, निर्माण क्षेत्रका चुनौती तथा व्यवसायीको पेशागत सुरक्षाका विषयमा निरन्तर काम गर्ने संस्थाका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका छन्।
युवा नेतृत्वप्रति विश्वासको अपेक्षा निर्माण क्षेत्रमा नयाँ पुस्ताको सहभागिता बढिरहेको अवस्थामा संघको नेतृत्व र कार्यसमितिमा पनि युवा व्यवसायीको सक्रिय प्रतिनिधित्व आवश्यक रहेको लामाको भनाइ छ। व्यवसायीका वास्तविक समस्या बुझ्ने र समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी पहल गर्न सक्ने नेतृत्व आवश्यक रहेको उनले जोड दिएका छन्। उनले आफू निर्वाचित भएमा व्यवसायीबीचको आपसी एकता र सहकार्यलाई प्राथमिकतामा राख्दै निर्माण व्यवसाय क्षेत्रलाई थप मर्यादित, व्यावसायिक र प्रतिस्पर्धी बनाउन आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
व्यवसायीको हकहित, पारदर्शिता, एकता र क्षमता अभिवृद्धि लाई आफ्नो मुख्य एजेन्डा बनाएका लामाले आगामी भदौ २८ गते हुने निर्वाचनमा आफूलाई मतदान गरी विजयी गराउन निर्माण व्यवसायीहरूसँग अपिल गरेका छन्



