फोटो प्रतियोगिताको ‘कल्चर’ विधामा थाहाका गणेश विष्ट प्रथम
काठमाण्डौमा भएको वार्षिक फोटोग्राफी प्रतियोगितामा मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ का गणेश विष्ट प्रथम भएका छन् ।
विभिन्न विधामा आधारित भई आयोजना गरिएको प्रतियोगिता अन्तर्गत विष्ट ‘कल्चर’ (संस्कृति) विधामा प्रथम भएका हुन् । फोटोग्राफर विष्ट क्यामेराको लेन्ससहित सम्मानित भएका छन् । फोटोग्राफीमा फ्रिलाइन्सिङ गर्दै आएका विष्ट पछिल्लो समय पालिका प्रेस डटकममा आवद्ध छन् ।
प्रतियोगितामा विष्टले थाहा नगरपालिका वडा नम्बर ३ घट्टेचौरमा वर्षेनी लाग्ने हिलेजात्राको एउटा नाचको फोटो प्रतियोगितामा सहभागी गएका थिए । उनले सहभागिता जनाएको फोटोमा देवताहरु ब्रम्हा, विष्णु तथा राक्षस मधुकैटभ, शंखासूरबीचको लडाईलाई स्मरण गर्दै नचाइने नाचको रहेको थियो ।

प्रतिक्रिया

