सवारी दुर्घटना: ४ जनाको मृत्यु, १८५ घाइते
विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर गएको २४ घण्टामा चार जनाको मृत्यु भएको छ।
त्यसैगरी यस अवधिमा गाडी दुर्घटनामा परेर १८५ जना घाइते भएका प्रहरीले जनाएको छ। सुनसरी, सप्तरी, कपिलवस्तु र कालिकोटमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो।
यसअवधिमा भएका सवारी दुर्घटनामा परेर कर्णालीमा १०, गण्डकीमा ३, बागमतीमा ६, काठमाडौँ उपत्यकामा ३२, कोसीमा २४, मधेसमा ६०, लुम्बिनीमा ३९ र सुदूरपश्चिम प्रदेशमा ११ जना घाइते भएका छन्।
प्रतिक्रिया

