भूमि प्रशासन कार्यालय ललितपुरका ३ कर्मचारी ३ लाख घुससहित पक्राउ

पालिका डायरी
१६ श्रावण २०८३, १४:५५
पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ file photo

ललितपुरको लगनखेलस्थित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी (नायब सुब्बा) लाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको टोलीले ३ लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले शनिबार दिएको जानकारीअनुसार उक्त कार्यालयका नायब सुब्बाहरू उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगरसहितका व्यक्तिलाई ललितपुर महानगरपालिकाकै वडा नं ४ स्थित एक होटलबाट शुक्रबार घुस रकमसहित पक्राउ गरिएको हो ।  उनीहरूका साथै लेखापढी व्यवसायीहरू शैलेन्द्र रानामगर र समिर कटवाललाई समेत नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

जग्गाको बकसपत्र गराउन सेवाग्राहीसँग घुस मागेको गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनीहरूलाई घुसबापत लिएको ३ लाख रुपैयाँसहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।

साथै उनीहरूको साथबाट स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ पनि बरामद गरिएको छ ।  उनीहरूका विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया