मकवानपुरगढीमा एक व्यक्ति मृत अवस्थामा फेला

पालिका डायरी
१५ श्रावण २०८३, १०:०९
अर्धनग्न अवस्थामा महिलाको शव फेला

हेटौंडा /   मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ स्थित कुसुमटार खोल्सामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

मृतक सोही स्थानका करिब ३७ वर्षीय बुद्धि बहादुर लोप्चन रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उनी गत असार ११ गते दिउँसो करिब २ बजे घरमा कसैलाई जानकारी नगराई सम्पर्कविहीन भएका थिए ।

उनका आफन्तले खोजतलास गर्ने क्रममा असार १४ गते बिहान करिब ९:३० बजे मकवानपुरगढी–४ को कुसुमटार खोल्सामा घोप्टो परेको अवस्थामा उनको शव फेला पारेका थिए । यसअघि असार १२ गते मृतककी श्रीमती भिममाया लोप्चनले श्रीमान् हराई बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय मकवानपुरगढीमा निवेदन दिएकी थिइन् ।

शव फेला परेपछि अस्थायी प्रहरी पोस्ट धादिङ, मकवानपुरबाट प्रहरी सहायक निरीक्षक प्रेम भुजेलको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखी आवश्यक अनुसन्धान सुरु गरेको थियो । घटनास्थलमा कानुनी प्रक्रिया (मुचुल्का) पूरा गरेपछि शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको थियो । पोस्टमार्टम सम्पन्न भएपछि शव मृतकका परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया