झापामा कारको ठक्करबाट ९२ वर्षीया महिलाको मृत्यु

पालिका डायरी
१३ श्रावण २०८३, १५:०६
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

झापाको भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकखण्डमा कारको ठक्करबाट एक ९२ वर्षीया महिलाको मृत्यु भएको छ।

कारागार कार्यालय झापाबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गरेको प्र१–०१–००२ च ०००५ नम्बरको सेतो कारले जिल्ला प्रशासन कार्यालयको काम सकेर सडकतर्फ निस्कँदै गरेकी भद्रपुर नगरपालिका–९ निवासी ९२ वर्षीया धनमाया खड्कालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी खड्कालाई कार चालकले नै तत्काल सोही गाडीमार्फत उपचारका लागि ओमसाई पाथिभरा अस्पताल पुर्‍याएका थिए। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनापछि मृतकको शव ओमसाई पाथिभरा अस्पतालमै राखिएको छ। दुर्घटनामा संलग्न कार र चालक बुद्धशान्ति गाउँपालिका–२ निवासी ४६ वर्षीय मदन प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया