ट्रकको ठक्करबाट तीन जनाको मृत्यु
कपिलवस्तुको महाराजगन्ज नगरपालिका–१ गैडहवामा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार ना ५ ख २३६४ नम्बरको ट्रकले मोटरसाइकल, साइकल र पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो । अस्पतालका चिकित्सकले तीमध्ये तीन जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घाइते एक जनाको उपचार भइरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार मृत्यु हुनेमा दुई जना साइकल यात्री र एक जना पैदल यात्री रहेका छन् । हालसम्म मृतककाे पहिचान खुलेकाे छैन ।
प्रतिक्रिया

