ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

पालिका डायरी
६ श्रावण २०८३, १०:५४
अर्धनग्न अवस्थामा महिलाको शव फेला

 मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ झमसिङटार नजिक भित्री कच्ची सडकमा बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार हिजो (मङ्गलबार) साँझ करिब ५:०० बजे हेटौंडा बजारबाट झमसिङटारतर्फ जाँदै गरेको म.प्र.०३–००२ त.०३९७ नम्बरको बालुवा लोड ट्याक्टर उकालो कच्ची सडकमा चिप्लिएर अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा ट्याक्टर चालक सल्यान जिल्लाको कपुरकोट गाउँपालिका–३ निवासी करिब २२ वर्षीय विक्रम खड्का गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा राति करिब १०:३० बजे चिकित्सकले उनको मृत्यु घोषणा गरेका हुन् ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया