पृथ्वी राजमार्गमा माइक्रो बस दुर्घटना, १२ घाइते

पालिका डायरी
१३ बैशाख २०८३, १७:४८
पृथ्वी राजमार्गमा माइक्रो बस दुर्घटना, १२ घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको आदमघाटमा माइक्रो बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

काठमाडौंबाट पोखरातर्फ गइरहेको बा–प्रदेश ०१–००६ ख ७२२१ नम्बरको माइक्रो बस आइतबार (आज) दिउँसो अचानक अनियन्त्रित भई सडकमै पल्टिएको हो। धादिङ प्रहरीका अनुसार दुर्घटनामा घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौँ पठाएको छ भने बाँकी घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गराइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी प्रकाश दाहालले जानकारी दिए।

प्रहरीका अनुसार घटनास्थल पृथ्वी राजमार्गको व्यस्त तथा जोखिमयुक्त खण्डमा पर्छ। वर्षात् भइरहेको बेला सडक चिप्लो भएका कारण सवारी साधन अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रतिक्रिया