कालीगण्डकीले बगाउँदा आठ वर्षीय बालकको मृत्यु

पालिका डायरी
१२ बैशाख २०८३, १६:४८
कालीगण्डकीले बगाउँदा आठ वर्षीय बालकको मृत्यु

मुस्ताङमा कालिगण्डकी नदीले बगाउँदा आठ वर्षीय बालकको मृत्यु भएको छ ।

बारागुङ मुक्तिक्षेत्र-४ कागबेनी श्राद्धस्थल नजिक नदीले बगाउँदा आठ वर्षीय बरुण गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-५ का ३२ वर्षीया विमला गौलीसहित १२ जनाको टोली शनिबार कागबेनीमा श्राद्ध गर्न पुगेको थियो ।

कागबेनीमा दिवङ्गत पितृको श्राद्ध गर्ने क्रममा गौलीका आठ वर्षीय छोरा बरुण अचानक नदीमा बेपत्ता भएका प्रहरीले जनाएको छ । हराएका बालकको चप्पल कालीगण्डकी खोलाको छेउमा फेला परेको भन्ने खबर पाएपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले श्राद्धस्थलदेखि एक किलोमिटर दक्षिण कालीगण्डकी नदी किनारामा बालक अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिए ।

उनको उपचारका लागि प्रदेश अस्पताल जोमसोम पठाइएको थियो । अस्पताल पुग्ने वितिक्कै चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक महतले बताए ।

प्रतिक्रिया