पोखरेल ले ओखलढुङ्गा स्थित चण्डेश्वरी माध्यमिक विद्यालय का प्रधानाध्यापक सन्तबहादुर मगरमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि क्षमायाचना गरेका हुन्।
शनिबार जारी विज्ञप्तिमा उनले वैशाख ९ गते खिजिदेम्बा गाउँपालिका–२ मा भएको घटनाबारे स्पष्टीकरण दिँदै भिडियो आंशिक रूपमा मात्र प्रस्तुत हुँदा विवाद भएको दाबी गरेका छन्। यद्यपि सार्वजनिक जीवनमा संयम आवश्यक हुने स्वीकार गर्दै उनले आफ्नो व्यवहारप्रति खेद प्रकट गरेका छन्।
उक्त दिन विद्यालयमा स्वागतको तयारी भइरहेका बेला प्रधानाध्यापक बाहिर ननिस्किएको विषयमा असन्तुष्ट हुँदै पोखरेलले हप्काएको र ‘खेद प्रस्ताव’ पारित गर्न दबाब दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। आलोचना बढेपछि उनले पार्टी, विद्यालय परिवार र सर्वसाधारणसँग माफी मागेका हुन्।