गृहमन्त्री अर्यालले पाए सरकारको प्रवक्ताको जिम्मेवारी
सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले पाएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए। यसअघि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएपछि गृहमन्त्री अर्यालले सो जिम्मेवारी पाएका हुन् ।
खरेल आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनमा ललितपुर–२ बाट रास्वपाको उम्मेदवार बनेका छन् ।
प्रतिक्रिया



