समानुपातिक सूचीमा चेपाङ समुदायबाट यी ३ जनाको नाम
आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरिसकेका छन्।
त्यसमा देशभरबाट जम्मा ३ जना चेपाङको नाम परेको नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए। उनका अनुसार समानुपातिकको बन्दसूची पेस गर्दा ३ दलले मात्र अल्पसंख्यक चेपाङ समुदायका तीन जनाको नाम समानुपातिक सूचीमा समावेश गरेका हुन्।
विश्वास अहिले संयुक्त राष्ट्रसंघीय जैविक विविधता महासन्धि (२०२५-२०२७) अन्तर्गत वैज्ञानिक तथा प्राविधिक सहयोगका लागि अनौपचारिक सल्लाहकार समूहका सदस्य छन्। यस्तै उनी चेपाङ समुदायको हकहित र संरक्षणमा पनि सक्रिय छन्। यसैगरी मकवानपुरका मंगलसिंह चेपाङको नाम नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिकको बन्दसूचीमा राखेको छ।
युवातर्फ समानुपातिकमा समेटिएका प्रजा तत्कालीन नेकपा माओवादी केन्द्रका सक्रिय नेता हुन्।
प्रतिक्रिया



