ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु

पालिका डायरी
८ असार २०८२, १२:४३

सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका-११ घुन्सा नुनथलामा करेन्ट लागेर विद्युतका एक कर्मचारीको मृत्यु भएको छ ।

शनिबार दिउँसो विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका सोलु दुधकुण्ड-७ भित्ताखर्क का ३५ वर्षीय रविन बस्नेतको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

गम्भीर घाइते भएका बस्नेतलाई उपचारको लागि जिल्ला अस्पताल फाप्लु सोलुखुम्बु लगिएकोमा उपचारकै क्रममा उनको  मृत्यु भएको प्रहरीले जनाएको छ ।   घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान तथा कानूनी प्रकृया भइरहेको छ ।

प्रतिक्रिया