भक्तपुरमा अनेरास्ववियु नवनिर्वाचित अध्यक्ष माथि सांघातिक आक्रमण

पालिका डायरी
२४ चैत्र २०८१, १०:५६

अनेरास्ववियु (क्रान्तिकारी) का एक नेतामाथि भक्तपुरमा गएराति भएको सांघातिक आक्रमणमा परी सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्र सिंह ठगुन्ना घाइते भएका छन्।

माओवादी केन्द्रका युवा नेता रमेश मल्लले घटनाको निन्दा गर्दै सामाजिक सञ्जालमार्फत ठगुन्नामाथि भएको आक्रमणलाई ‘गम्भीर र आपत्तिजनक’ भन्दै घाइते ठगुन्नाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले घटनामा संलग्न आक्रमणकारीहरूलाई यथाशीघ्र सख्त कारबाही गर्न मागसमेत गरेका छन्।

हालसम्म आक्रमणको कारण र आक्रमणकारीहरूको पहिचान खुलाइएको छैन। यद्यपि, घटनाले विद्यार्थी राजनीतिमा बढ्दो असहिष्णुताको संकेत दिएको भन्दै विभिन्न विद्यार्थी संगठनहरूले चासो व्यक्त गरेका छन् ।

अध्यक्ष ठगुन्नाको स्वास्थ्य अवस्था र घटनाको अनुसन्धान सम्बन्धी थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया