राजावादीले संसद्मा पनि तीनकुनेमा जस्तै गर्न खोजे: महेश बर्तौला
file photo
नेकपा (एमाले) का प्रमुख सचेतक महेश कुमार बर्तौलाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले तीनकुनेमा जस्तै संसदभित्र समेत हुलहुज्जत गर्न खोजेको आरोप लगाएका छन् ।
सोमबार संघीय संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो आरोप लगाएका हुन् । ‘संविधानमा नलेखिएका शब्दहरू संसद्का कल्चरहरूमा यस्ता विषयहरु आउन सक्दैनन्,’ उनले भने, ‘यी पूर्व भइसकेका विषयहरु हुन् । राजावादीको नामबाट संविधानले नचिनेका शब्दहरु जे कुरा भइरहेको छ । यो सदनभित्र मात्र होइन । सदनबाहिर पनि कानुन विपरीत कुरा हो ।’
उनले प्रधानमन्त्री बोल्दै गर्दा भएको अमर्यादित र अराजक गतिविधिबारे कार्यव्यवस्था समितिको बैठकमा छलफल गरिने बताए ।
प्रतिक्रिया



