“राजाले हस्तक्षेप गरेका छैनन्, किन आत्तिनुपर्‍यो?” – सांसद सिंह

पालिका डायरी
६ चैत्र २०८१, १४:३२
"राजाले हस्तक्षेप गरेका छैनन्, किन आत्तिनुपर्‍यो?" – सांसद दीपकबहादुर सिंह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले गणतन्त्रवादी नेताहरूलाई राजतन्त्रको विषयमा नआत्तिन आग्रह गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

सांसद सिंहले पूर्वराजाले कुनै पनि आन्दोलन वा हस्तक्षेप नगरेको बताउँदै सरकार चलाउनेहरूले यस विषयमा ध्यान दिनुपर्ने उल्लेख गरे। उनले भने, “गणतन्त्र आएको दुई दशक भइसक्यो, तर राजाले सरकारको काममा अवरोध गरेको छैन। तर पनि किन सबै आत्तिएको जस्तो देखिन्छ? सबै एकै दिशामा मात्र सोच्ने प्रवृत्ति देखिएको छ।”

उनका अनुसार पूर्वराजाले बेलाबेला सरकारलाई सुशासन कायम राख्न र जनताको हितका लागि काम गर्न सन्देश दिएका छन्। तर, जब सुधारको संकेत देखिएन, तब प्रजातन्त्र दिवसको अवसरमा उनले राष्ट्र र जनताको भलाइका लागि एकपटक साथ दिन आग्रह गरेका हुन्।

प्रतिक्रिया