मकवानपुर क्याम्पसमा अनेरास्ववियु र नेविसंघको गठबन्धन विजयी
स्वतन्त्र विधार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मकवानपुरको सबैभन्दा ठूलो मकवानपुर बहुमुखी क्याम्पस हेटौँडामा अनेरास्ववियु र नेविसंघको गठबन्धन विजयी भएको छ ।
अनेरास्ववियुबाट प्रसिद्ध रेग्मी सभापतिमा विजयी भएका हुन् । नेविसंघ र अनेरास्ववियुको प्यानलबाट रेग्मी ७०६ मत सहित विजयी भए । उनका प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी) का छोइसाङ लामा ५०७ मत ल्याएर पराजित भए । उनी यस अघिका सभापती समेत हुन् ।
सचिवमा नेविसंघका उत्सव ढुंगाना ७११ मत सहित विजयी बन्दा उनका अखिल क्रान्तिकारीका दिपेश कार्किले ५४४ मत प्राप्त गरे । कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइटेल ७०४ मत सहित विजयी हुँदा उनका प्रतिस्पर्धी राप्रविसका अमन रायले ५४४ मत ल्याए ।
सदस्य तर्फ पनि गठवन्धनकै मनोज घलान, उमेश चौधरी, दिवश चापागाईं, साजिर अन्सारी, कृषन थिङ, मन्दिप थापा, विवश अर्याल तथा अतीत अधिकारी विजयी भएका छन्।

