चितवनमा गैंडाको आक्रमणबाट नेपाली सेनाका सिपाही घाइते

पालिका डायरी
२९ फाल्गुन २०८१, १२:२०
file photo

हेटौंडा /  चितवनको माडी नगरपालिका–१ स्थित राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र गैंडाको आक्रमणबाट एक नेपाली सेनाका सिपाही घाइते भएका छन् ।

नयाँ गोरख गण, कसरामा कार्यरत जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–३१ निवासी २० वर्षीय सिपाही अभिमन्यु खाँ चौधरी गस्तीमा रहेका बेला गैंडाले आक्रमण गरेकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । ध्रुव पोस्ट नजिकै जंगलभित्र करिब ५० मिटर भित्रको क्षेत्रमा बच्चासहितको गैंडाले अचानक आक्रमण गर्दा सिपाही चौधरी घाइते भएका हुन् ।

घाइते सिपाहीलाई उपचारका लागि तत्काल सरकारी अस्पताल भरतपुर ल्याइएको छ । अस्पताल स्रोतका अनुसार उनको बाँया खुट्टा, हात, अनुहार र छातीमा भित्री चोट लागेको छ भने हाल उनको अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ ।

सुरक्षाकर्मीहरू राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियमित गस्ती गरिरहेकाले जंगली जनावरहरूको आक्रमणको जोखिम हुने गर्छ। यस घटनाले निकुञ्ज क्षेत्रमा सुरक्षाकर्मीहरूका लागि थप सतर्कताको आवश्यकता रहेको देखिएको छ।

प्रतिक्रिया