टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २२ वर्षीया युवतीको मृत्यु
काठमाडौंको तीनकुनेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीया युवतीको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-३२ तीनकुने नजिकै गएराति प्र.३-०३-००१ प ९७३६ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ललितपुर लेले घर भएकी २२ वर्षीया रीता नेवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकललाई बा.०३-००१ क ११७५ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
टिपरले ठक्कर दिएपछि मोटरसाइकल बा.५ ख १५४६ नम्बरको बसमा ठोकिँदा उनको मृत्यु भएको हो । दुर्घटनापछि तीनवटै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया

