मादक पदार्थ र लागुपदार्थ सेवन गरेर सुमो चलाउने दुई चालक पक्राउ

पालिका डायरी
२२ पुष २०८१, १४:४९

हेटौंडा / भैंसे सडकखण्ड अन्तरगत भिमफेदी गाउँपालिका–१ बागझोरामा मकवानपुर प्रहरीले सवारी चालकमाथि विशेष चेकजाँच गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरी सुमो चलाउने दुई चालकलाई नियन्त्रणमा लिएको छ ।

(हिजो) आईतबार सवारी दुर्घटना र क्षति न्युनिकरण गर्ने उदेश्यले जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव उपरिक्षक श्यामु अर्यालको कमाण्डमा खटिएको टोलिले बागझोरामा विशेष चेकजाँच गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर हेटौंडाको प्राबिधिक सहयोगमा खटिएको उक्त टोलिले ५२ जना चालकलाई रोकि मापसे तथा लापसे जाँच गरेको थियाे ।

उक्त चेकजाँचमा सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना १ ज ४६१९ नम्बरको सुमो चालक सर्लाहीको बरथवा नगरपालिका–८ बस्ने ३२ वर्षीय फेसम खड्का र काठमाडौंबाट हेटौंडातर्फ आउदैै गरेको ना १ ज ७०२८ नम्बरको सुमो चालक हेटौंडा–८ बस्ने ३६ वर्षीय धश्रीसुजन गुरुङ रहेको प्रहरी जनाएको छ ।

नियन्त्रणमा पर्ने चालक खड्काले लागुपदार्थ सेवन(लापसे) र अर्का चालक गुरुङले माद्यक पदार्थ सेवन (मापसे) गरेको पोजेटिभ देखिएको प्रहरीले जनाएको छ ।

दुवै चालकहरु माथि आवश्यक कारवाहि भईरहेको र चेकजाँच कार्य निरन्तर जारी रहने प्रहरीले जनाएकोे छ ।

प्रतिक्रिया