विपद्मा नागरिकलाई होच्याउने अन्धसमर्थक रास्वपालाई चाहिँदैन : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा तुच्छ टिप्पणी र साइबर बुलिङ गर्नेहरूलाई पार्टीबाट निश्कासन गर्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले विपद् रुदै गरेका नागरिकलाई होच्याउने अन्ध समर्थक नचाहिएको उनको भनाइ थियो। नागरिकको पक्षमा उभिने सदस्य चाहिएको बताए।
‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई विपद्मा रुदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक चाहिएको छैन। हामीलाई त शोक र पीडामा परेका भुँइ मान्छेको पक्षमा उभिने र उनीहरूको आँशु पुछ्ने सदस्यहरू चाहिएको छ,’ लामिछानेले भने।
रास्वपाका नेता तथा कार्यकर्तालाई साइबर बुलिङ गर्ने र होच्याउने छूट नभएको लामिछानेले बताए। त्यस्ता सदस्यलाई तत्काल पार्टीबाट निश्कासन गर्ने उनले चेतावनी दिए।
प्रतिक्रिया



