हेटौंडामा बोराभित्र महिलाको शव फेला

पालिका डायरी
२२ श्रावण २०८३, १७:२३
मकवानपुरको माण्डु हाईड्रोपावरमा किशोरीको शव फेला

हेटौंडा /  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिकको सामुदायिक वनमा शुक्रबार एक महिलाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो करिब १:५० बजे स्थानीयवासी च्याउ टिप्न वनमा गएका बेला सेतो बोरामा बाँधेर खाल्टोमा फालिएको अवस्थामा शव देखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक किशोर आचार्यको कमाण्डमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा डग स्क्वाड र SOCO (Scene of Crime Officer) सहितको टोली घटनास्थलमा परिचालन गरिएको थियो।

प्रहरीले सेतो बोरा खोलेर हेर्दा हालसम्म नाम, थर र वतन नखुलेकी अन्दाजी ३०–३२ वर्षीया महिलाको शव फेला परेको जनाएको छ। घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया