त्रिभुवन माविद्वारा टोल परिचालन समिति गठन

पालिका डायरी
२६ चैत्र २०८२, १७:५२
त्रिभुवन माविद्वारा टोल परिचालन समिति गठन

हेटौंडा-११ स्थित त्रिभुवन माध्यमिक विद्यालयद्वारा टोल परिचालन समिति गठन गरिएको छ । वडाको नवलपुरमा अवस्थित विद्यालयले गोल्फिनटारमा अभिभावक भेला आयोजना गरी उक्त समिति गठन गरेको हो ।

समितिको अध्यक्षमा पूर्णकुमारी बस्नेत चयन भएकी छन् भने उपाध्यक्षमा कल्पना सापकोटा चयन भएकी छन् । सदस्यहरूमा बबिता बनियाँ, सीता बनियाँ, विशाल तामाङ, बुद्धिमान पाख्रिन, कुमारी खत्री, बाटुली थापा, ममता पटेल र भुवादेवी सापकोटा रहेका छन् । त्यसैगरी, सल्लाहकारमा रामेश्वर पोखरेल र देवीमाया पोखरेल रहेका छन् ।

समिति गठन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामकुमार बर्तौला, सहायक प्रधानाध्यापकद्वय शर्मिला ढकाल र बैकुण्ठ नेपाल, विद्यालय व्यवस्थापन समिति सदस्य गोविन्दप्रसाद न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया