कोसीको तराई रास्वपामय, पहाडमा हर्कको पार्टी

पालिका डायरी
२२ फाल्गुन २०८२, २१:०२

कोसी प्रदेशका २८ मध्ये २७ वटा निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ। जसमा तराईका तीन जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको एकलौटी अग्रता लिँदा पहाडी जिल्लामा भने हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी अगाडि छ।

पहाडी ६ जिल्लामा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ। पछिल्लो मत परिणाम अनुसार खोटाङमा पनि श्रम संस्कृति पार्टीका आरेन राईले सुरुवाती अग्रता लिएका छन्।

पाँचथरमा हस्तराज राई, इलाम २ मा सुदिप राई, भोजपुरमा ध्रुवराज राईले अग्रता लिएका छन्। धनकुटामा सानबहादुर राई र उदयपुर २ पनि श्रम संस्कृतिकै  वलराज राईले अग्रता लिएका छन्।

कोसीका झापा, मोरङ र सुनसरीका १५ र उदयपुरको एक सिटमा रास्वपाले अग्रता लिएको छ। ताप्लेजुङ र इलाममा कांग्रेसले अग्रता लिएको छ। तेह्रथुम र ओखलढुंगामा एमालेले अग्रता लिएको छ।

सोलुखुम्बुको मतगणना सुरु भइसकेको छैन। संखुवासभामा भने मतपेटिका संकलन हुनै बाँकी छ। शनिबार मात्रै मतपेटिका संकलन गरेपछि मतगणना सुरु गर्ने तयारी छ।

प्रतिक्रिया