मकवानपुरको बकैयामा खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाइते

पालिका डायरी
११ कार्तिक २०८२, ११:११
दाह्री काट्ने मेसिन नदिएको भन्दै छोराले खुकुरी प्रहार गर्दा बाबुको मृत्यु

हेटौंडा / मकवानपुरकाे बकैया गाउँपालिका–९ स्थित च्याउच्याउमा धारिलो हतियार खुकुरी प्रहार हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन्।

बागमती प्रदेश प्रहरीका अनुसार, स्थानीय ३३ वर्षीय मिनबहादुर थिङ लाई सोही स्थानका १६ वर्षीय सागर बिक ले खुकुरी प्रहार गरेका हुन्। सागरले मिनबहादुरको घाटीमा प्रहार गर्दा थिङ गम्भीर घाइते भएका हुन्।

घटनाकाे खबर प्राप्त हुनासाथ प्रहरी चौकी हात्तीसुडेबाट टोली खटिएर घटनास्थल पुगेको थियो। घाइते थिङलाई तत्काल उपचारका लागि मकवानपुर सहकारी अस्पताल पुर्‍याइएको र प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुरस्थित मनकामना अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ।

खुकुरी प्रहार गर्ने बिकलाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार घटनाको कारण भने अझै स्पष्ट भएको छैन।

प्रतिक्रिया