हेटौंडा / मकवानपुरको हेटौंडाबाट लागूऔषध ट्रामाडोलको ठूलो मात्रासहित ३ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको गस्ती टोलीले हिजो बुधबार हिउसो ३ बजेको समयमा उनीहरूलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र पानी ट्याङ्की नजिक सडकखण्डमा ना.३८ प ३१८५ नम्बरको मोटरसाइकल र ना.२१ प १७१ नम्बरको स्कुटर रोकी शंकास्पद रूपमा बसिरहेका अवस्थामा तीन जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा हेटौंडा–१५ शिखरपानीका २४ वर्षीय महेश तामाङ, हाल हेटौंडा–९ डेरा गरी बस्दै आएका भिमफेदी गाउँपालिका घर भएका २६ वर्षीय कैलाश थापा मगर र हेटौंडा–१३ का ४० वर्षीय सोम स्याङतान रहेका छन्।
प्रहरी टोलीले उनीहरूलाई चेकजाँच गर्ने क्रममा १७७० क्याप्सुल ट्रामाडोल बरामद गरेको जनाएको छ। उक्त लागूऔषधसहित मोटरसाइकल र स्कुटरसमेत नियन्त्रणमा लिइएको छ। उनीहरूलाई लागूऔषध सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।