हेटौंडामा यसरी मनाइयो धान दिवस, मेयर लामाले मेसिनबाट रोपिन् धान (तस्बिरहरु)

पालिका डायरी
१५ असार २०८२, १९:१८

हेटौंडा । धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मानिर्भरता भन्ने मुल नाराको साथ मनाइएको २२ औं राष्ट्रिय धान दिवस हेटौंडामा पनि मनाइएको छ । हरेक असार १५ गते मनाइने यो दिवस हेटौंडामा पनि मनाइएको हो। आइतबार (आज) हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा २२ औं राष्ट्रिय धान दिवस भव्यताका साथ मनाइएको हो ।


हेटौंडाकी नगरप्रमुख मिना कुमारी लामाले हेटौंडा–१७ राजदेवीमा धान रोप्ने मेसिन चलाएर धान रोपेकी थिइन् । हेटौंडा उपमहानगरपालिका तथा प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना, चितवनको आर्थिक सहयोग मनाइएको धान दिवस कार्यक्रम अवलोकन गर्न विभिन्न विद्यालयका विद्यार्थीहरुलाई समेत खेतमा लगिएको थियो ।
उपमहानगरपालिकाले हेटौंडा–१७ लाई धान पकेट क्षेत्रको रुपमा विस्तार गरिरहेको छ । जसअन्र्तगत किसानहरुलाई धान बिउ वितरण, धानका लागि आवश्यक किटनाशक औषधि, ट्याक्टर, हातेपम्प तथा त्रिपाल सहयोग गरेको थियो ।


यता, उपमहानगरपालिकाको सहयोग तथा राप्ती तल्लोटोल टोलविकास संस्थाको आयोजनामा हेटौंडा ११ मा पनि धान दिवस मनाइएको थियो। बाजागाजा सहित मनाइएको धान दिवसमा हेटौंडाकी मेयर लामा सहित अन्य जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया