थाहा नगरस्तरीय उपमेयर कप ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा

हेटौंडा / छैठौं संस्करणको थाहा नगरस्तरीय उपमेयर कप ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा भएको छ ।
थाहा नगरपालिका ४ स्थित क्याम्पाडाँडा ब्याडमिन्टन कभर्डहलमा असार ७ गते शनिवारदेखि सुरु हुने प्रतियोगितामा १४ टिमको सहभागिता रहनेछ । थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा हुन लागेको प्रतियोगिताको शुक्रबार खेल तालिका सार्वजनिक भएसंगै प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको संयोजक शुसान्त श्रेष्ठ ९च्याङ० ले बताए । उनले शनिवार बिहान ८ बजे प्रतियोगिताको उद्घटन हुने बताए ।
थाहा आन्दोलनका प्रेणता रुपचन्द्र विष्टको स्मृति दिवसको अवसर पारेर तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा थाहा नगरपालिकाका स्थानीय संगै थाहा नगरभित्र कार्यरत कर्मचारी पनि सहभागी हुनेछन् । प्रतियोगितामा विजेता टिमले नगद २० हजार, उपबिजेता टिमले नगद १२ हजार, तेस्रो हुने टिमले नगद ६ हजार ५ सय, र उत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा शिखर क्लब र फरक सोच सहयोगी संस्थाको रूपमा रहेका छन् ।
