मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते

पालिका डायरी
३१ चैत्र २०८१, १६:५३

हेटौंडा  / मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ मकवानपुरको मनहरी गाउँपालिका–५ बसन्तपुरस्थित राप्ती खोलाको किनारमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा मनहरी–५ दरदरा बस्ने २८ वर्षीय अबिरल थिङ रहेका छन । उनको चट्याङबाट घटनास्थलमै ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ। त्यस्तै घाइते हुनेहरूमा मृतकका ५६ वर्षीय बुबा सिंहबहादुर थिङ र मृतकको सानी आमाका छोरा, डिल्लीपुर बस्ने १० वर्षीय सौगात गोले रहेका छन्।

उनीहरु मनहरी गाउँपालिका–५ डिल्लीपुरबाट दरदरा तर्फ जाँदै गर्दा उनीहरूलाई अचानक परेको चट्याङले लगेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाहरूले घाइतेहरूलाई उपचारका लागि चितवन पठाइसकेका छन्। प्रहरीका अनुसार सिंहबहादुर थिङको अवस्था मध्यम छ भने बालक सौगात गोलेको अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया