मकवानपुरमा घर सफा गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

पालिका डायरी
२९ चैत्र २०८१, ११:०७

हेटौंडा / मकवानपुरमा घर सफा गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको  मृत्यु भएको छ ।

मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–५ सिमलटारमा आज बिहान करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ ।  ५५ वर्षीया भुमि नन्द तिमल्सिना आफ्नै घरमा सफा गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए ।

आज बिहान करिब ८:४० बजे दुर्घटना भएपछि तत्कालै उनलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा बिहान ९:२२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृतकको शव हाल हेटौंडा अस्पतालमै राखिएको छ।घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया