गाडीको ढोकाबाट खसेर एकजनाको मृत्यु

पालिका डायरी
२२ चैत्र २०८१, १७:११
अर्धनग्न अवस्थामा महिलाको शव फेला

सल्यानको छिन्चु–जाजरकोट सडक खण्ड अन्तरगत सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१ बाङगिरामा गुडिरहेको गाडीको ढोकाबाट लडेर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको सिम्ता गाउँपालिका–५ का २८ वर्षीय गणेश बुढा रहेका छन् ।

(हिजो) बिहीबार साँझ ६ बजे कर्णाली प्रदेश ०२००१ ख ०७९० को फोर्स गाडीको ढोकामा झुन्डिएर यात्रा गरिरहेका उनको ढोकाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए । उनकाअनुसारका गाडी बाँकेको नेपालगन्ज हुँदै सुर्खेतको गोजीबजार जाँदै थियो ।

लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुर्खेतको मेहलकुना अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक बस्नेतले बताए । चालक सुर्खेतको सिम्ता गाउँपालिका-५ का ४३ वर्षीय जिवराज गिरीसहित गाडी इलाका प्रहरी कार्यालय देवस्थलको नियन्त्रणमा छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया